२०८१ श्रावण १२

ट्राफिक प्रहरीसँगको सहकार्यमा स्काउटका क्रिउहरु सचेतना मुलक कार्यक्रममा
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २२, सोमबार १४:४६ गते

भैरहवा, २२ फागुन
ट्राफिक प्रहरीसँग सहकार्य गर्दै नेपाल स्काउटका क्रिउहरुले सचेतना मुलक कार्यक्रम गरेका छन । रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाले साताव्यापी ट्राफिक सप्ताह अन्तरगत सवारी दुघर्टना सम्बन्धी जनचेतामूलक कार्यक्रम गरेको छ ।


कार्यक्रममा रुपन्देही जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक साकार राज पन्तले ८० प्रतिशत सडक दुर्घटना लापरबाही ले गर्दा हुने भन्दै यसको न्यूनीकरण गर्नको लागि सबैजनाको सहयोग अपरिहार्य रहेको बताए । ट्राफिक नियमको पालना सभ्य समाजको सिर्जना भन्ने मूल नाराका साथ गरिएको कार्यक्रममा बायाँ लेन कसका लागि, दायाँ लेन कसका लागि सडक रेखा सम्बन्धी जानकारी ,सवारी दुर्घटना न्यूनीकरणका लागि प्लेकार्डहरु देखाएर कार्यकम गरिएको थियो।
भैरहवा बुद्धचोक स्थित ट्राफिक प्रहरीहरु , नेपाल स्काउट अन्तर्गतका विभिन्न क्रियुहरू जसमा गौतमबुद्ध स्काउट क्रियु बुटवल देखि स्काउट रोभर मास्टर नवराज खरेल को नेतृत्वमा स्काउट सदस्यहरु ,लुम्बिनी स्काउट क्रीयु भैरहवा देखि पुकार ढकालको नेतृत्वमा स्काउट सदस्यहरु , स्काउट मास्टर सरु शर्मा र यातायात व्यवसायी, संचारकर्मी, गोलिगढ आमा समुहको उपस्थितमा बुद्धचोकमा ट्राफिक सप्ताहव्यापी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको स्काउट रोभर मास्टर नवराज खरेलले बताए ।