२०८१ श्रावण १२

उद्योग संघको ४४ औं स्थापना दिवश भव्य रुपमा मनाउने निर्णय
  • लुम्बिनी खोज
  • २०७८ कार्तिक १६, मंगलवार १०:२१ गते

बुटवल, १६ कार्तिक
रुपन्देही उद्योग संघको २२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक मंगलवारसम्पन्न भएको छ । आइतवार पदभार ग्रहण गरेपछि अध्यक्ष माधब प्रसाद पौडेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबै प्रति आभार व्यक्त गरेको छ ।
बैठकले संघको ४४ औं स्थापन दिवस भव्य रुपमा मनाउने निर्णय गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले बताएका छन । मंसिर १५ गते स्थापना दिवशका दिन विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको संघका महासचिव हरि बहादुर खत्रीले जनाकारी दिए । महासचिव खत्रीका अनुसार स्थापना दिवसका अवसरमा संघले वितरण गर्दै आएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार गर्ने र सम्मान समारोहको आयोजना गर्ने योजना रहेको बताए ।
यसैगरी बैठकले संघमा रिक्त रहेका सदस्य पदहरुमा मनोनयन गरेको छ । जस अनुसार संघको एशोसिएट सदस्यहरुमा कोहीनुर प्लाष्टिक उद्योग प्रा.ली.का संचालक सुमन बस्याल र लुम्बिनी केवुल इण्डष्ट्रिज प्रा.ली.का संचालक प्रज्ज्वल थान्जु तथा शुद्धोधन गाउँपालिकाबाट खनाल इटा उद्योगका प्रोपाइटर रमेश खनाललाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको अध्यक्ष माधब प्रसाद पौडेलले जानकारी गराए ।
बैठकले संघको भावी रणनीति तथा वार्षिक कार्ययोजना तयार गर्ने उद्देश्यले आगामी पुस महिनामा कार्ययोजना कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । सो कार्यक्रमको तयारीका लागि संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।