२०८१ श्रावण १२

नवीनमा कविता लेखन तथा वक्तृत्वकला सम्बन्धी प्रशिक्षण
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २५, बिहीबार १६:०७ गते

अंग्रेजीमा प्रतिस्पर्धात्मक मन्तब्य

बुटवल २५ फागुन ।
नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई कविता लेखन तथा वक्तृत्वकला सम्बन्धी प्रशिक्षण विहिवार सम्पन्न भएको छ ।
विद्यालयमा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समुहमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई कविता लेखन तथा वाचन र वक्तृत्वकला विद्यामा प्रशिक्षित हुन इच्छुकहरुलाई लक्षित गरी भिजिटिङ प्रोफेसर त्रिभुवन विश्व विद्यालय बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक राजु भुसालले कविता लेखन तथा वाचनमा विषयवस्तु चयनमा ध्यान, भाषा शैली बिम्ब, अलकार प्रतीकको योजनामा ध्यान सम्पादनमा ध्यान, शब्द संयोजन, पर्यायवाची र अनेकार्थी शब्द चयनमा ध्यान दिनु पर्ने कुरामा जानाकारी गराएका थिए । त्यस्तै उनले वक्तृत्वकलामा सम्बोधन ख्याल गर्नु पर्ने आफ्ना तर्कहरुलाई पुष्टि गर्न उपयुक्त उदाहरण दिने, शब्द चयनमा ध्यान दिने र निष्कर्ष दिदा जनाउ घन्टी लागे पछी उपसंहार गर्दा माथी भनेका कुराहरुलाई सारमा स्पष्ट पार्ने स्रोताहरुको भावना अनुसार बोल्ने र प्रभाव पार्नु पर्ने कुरामा ध्यान दिन सुझाव दिएका थिए ।
नेपाली भाषामा कबिता लेखन तथा वाचन र वक्तृत्वकला प्रशिक्षण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले गरेका थिए भने संचालन अंग्रेजी शिक्षक मुकेश पोख्रेलले गरेका थिए । मुल्यांकनमा अंग्रेजी शिक्षकहरु मुकेश पोख्रेल, संगीता ढकाल र माया काफ्ले रहेका थिए ।
उक्त कविता प्रशिक्षणमा विद्यार्थीहरु सुमन घिमिरे, मनिष खड्का, कान्ति परियार, सन्दिप परियार र सिन्चन गुरुङले कविता वाचन गरेका थिए ्र
उक्त कार्यक्रममा सहभागिको तर्फबाट धन्यवाद चौधरी र अंकिता पराजुलीले धारणा व्यक्त गरेका थिए ्र
साथै कक्षा ६,७,८ र ९ मा अध्ययनरत विद्यार्थीहरुको व्यतित्व, नेतृत्व, वाककलामा निडरता र प्रभावकारिता ल्याउनका लागि लुम्विनी प्रदेश बुटवल उपमहानगरपालिका र नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको बारेमा अंग्रेजीमा प्रतिस्पर्धात्मक मन्तब्य व्यक्त गर्ने कार्यक्रम आयोजना गरिएकोमा कक्षा ७ सी की अन्जना ज्ञवाली प्रथम, कक्षा ९ ए की आरती ज्ञवाली द्वितीय र कक्षा ६ इ की समिक्षा भुसाल तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई विद्यालयले प्रोत्साहन स्वरूप नगद एक हजार, ७ सय र ५ सय रुपैया प्रदान गरेको छ । कार्यक्रममा कक्षा ६(९ का २७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।