२०८१ श्रावण १२

चिनियाँ राष्ट्रपतिमा सी जिन्पिङको तेस्रो कार्यकाल सुरु
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २६, शुक्रबार ०९:५४ गते

बुटवल २६ फागुन ।
चिनियाँ नेता सी जिन्पिङले संसद्‌बाट ऐतिहासिक रूपमा राष्ट्रपतिमा आफ्नो तेस्रो कार्यकाल सुनिश्चित गरेका छन्। यससँगै हुने शक्ति सञ्चयले ६९ वर्षीय सी कैयौँ पुस्तापछि चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन्।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी)  का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् । सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।