२०८१ श्रावण १२

युएईविरुद्ध नेपालको शानदार जीत, एकदिवसीय मान्यता कायम राख्न सफल
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २८, आईतवार १०:३५ गते

बुटवल २८ फागुन ।
यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।लिगमा नेपालले अझै दुई खेल खेल्न बाँकी छ ।

जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ । यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ भने शीर्ष ३ टिमले विश्वकप छनोट खेल्न पाउने छन् ।

यूएईले भने ओडीआई मान्यता कायम राख्नका लागि अब प्लेअफ क्वालिफार खेल्नुपर्नेछ । टस जितेर पहिला बलिङ गरेको नेपालको ओपनिङ खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी निभाउँदा नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरेको थियो ।

२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भयो र नेपाल १७७ रनले विजयी भयो । रन अन्तरले हिसाबमा ओडीआईमा यो नेपालको अहिलेसम्मकै फराकिलो जित हो । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।