२०८१ श्रावण १२

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन २८, आईतवार १६:१६ गते

बुटवल, २८ फागुन । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ।

आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गरेका थिए । भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेश सभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायतमा समन्वय र सहकार्य गर्ने गरी तयारी गरिरहेको बताएका थिए । सभामुख घर्तीले प्रदेश सभाले बनाएका कानूनहरु कार्यान्वयन गर्ने स्थानीय सरकारसँग औपचारिक रुपमा कुनै पनि समन्वय र सहकार्य हुन नसकेको अवस्थामा छिटै नै त्यस्तो कामका लागि अनौपचारिक संयन्त्र बनाउने गरी तयारी गरिरहेको बताए ।

उनले स्थानीय सरकारले कानून निर्माण गर्दा प्रदेश सभाले सहकार्य र समन्वय गर्न तयार रहेको र छिटै नै प्रदेश सभाले यसलाई कार्यान्वयनमा लैजाने गरी काम गर्ने बताए ।

उनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले प्रदेशसँग समन्वय र सहकार्यमा अरु बढी जोड दिन आवश्यक रहेको बताए ।

भेटका क्रममा नगरप्रमुख पाण्डेयले स्थानीय सरकारका संघ र प्रदेशका साझा र एकल अधिकारहरुका कानूनहरु निर्माणमा ढिलाइ भएकाले गम्भीरतापूर्वक आवश्यक कानून बनाउनेतर्फ अगुवाइ गरिदिन सभामुखलाई अनुरोध गरे

निजामती कर्मचारीसम्बन्धि कानून निर्माणमा भएको ढिलाईका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको भन्दै नगरप्रमुख पाण्डेयले संघ र प्रदेशले छिटै कानून बनाएर स्थानीय सरकारको मर्म बुझिदिन अनुरोध गरे ।

उनले स्थानीय सरकारमा धेरै प्रकृतिका कर्मचारी कार्यरत रहेकाले त्यस्ता कर्मचारीकाबारेमा पनि प्रदेशले कानून बनाएर सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।

नगरप्रमुख पाण्डेयले प्रदेश सभामुखका रुपमा मात्रै नभइ जनताको प्रतिनिधि पनि रहेकाले बुटवलको ज्योतिनगर पहिरो, सिद्धबाबा सडक क्षेत्र, तिनाउ नदीको नदीकटान र बाढीका कारण उत्पन्न विपद् व्यवस्थापन, सुकुम्बासी समस्याका बारेमा समेत जानकारी गराउँदै प्रदेशका तर्फबाट सहजीकरण गरिदिन अनुरोध गरे ।

नगरप्रमुख पाण्डेयले बुटवलबाट प्रदेशको राजधानी दाङ जाने क्रममा प्रदेश सरकारले बुटवलमा प्रयोग गरेका संरचना अस्तव्यस्त छाडेर गएकोले तीनको व्यवस्थापनमा सम्बन्धित संघसंस्था र कार्यालयहरुलाई सहयोग गर्न पहल गरिदिन अनुरोध गरे ।

ुप्रदेशको राजधानी राख्ने ठाउँ नभएका बेला आफु सडकमा आएर आफ्ना भवन प्रदेश सरकार र प्रदेश सभालाई सुम्पिएका संघसंस्था र कार्यालयहरुबाट दाङ जाँदा सबै संरचना अस्तव्यस्त बनाइएको रहेछ(उनले सभामुखसँग भने त्यसरी सदासयता देखाएका संघसंस्थाहरुका कार्यालय पूरानै अवस्थामा व्यवस्थित गराइदिने काम प्रदेशले गर्नुपर्छ, यसमा सभामुखज्यूले सहजीकरण गरिदिनुपर्‍यो।ु

उनले बुटवलबाट राजधानीका मुख्य संरचनाहरु दाङ गएपनि केही संरचना, केही मन्त्रालय र कार्यालयहरु बुटवलमा राखेर प्रादेशिक अपनत्वको भावना देखाउन अनुरोध गरे।

ुबुटवलले प्रदेश राजधानी सारेर लगेकोमा दुखमनाउ गरेको होला तर प्रदेशको राजधानी सारेर लैजाँदा एकपटक धन्यवाद समेत नदिएकोमा अरु धेरै चित्त दुखाएको छ भन्ने कुरा म यहाँसमक्ष बुटवल नगरप्रमुखका हैसियतमा जानकारी गराउन चाहन्छु(उनले भने(बुटवलको भावनामा चोट नपुग्ने गरी यहाँहरुले धन्यवाद दिने कार्यक्रम गरेर बुटवललाई राजधानीसँग भावनात्मक हिसाबले जोड्नुपर्छ ।ु नगरप्रमुख पाण्डेयले सभामुखलाई प्रदेश सभालाई नमूनायोग्य र उत्कृष्ट कार्य गर्नका लागि शुभकामना दिएका थिए ।