२०८१ श्रावण १२

प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता 
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १, बुधबार ०८:२२ गते

 बुटवल,१ चैत ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न ६ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन्।प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच प्रदेशको अवस्थाबारे छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीलाई भेट गर्न ६ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गरेका हुन्।