२०८१ श्रावण १२

लुम्बिनीमा भेटिवपात एक करोड ३ लाख संकलन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २, बिहीबार १०:२४ गते

बुटवल,२ चैत ।
बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ । बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटि वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
आईतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना शुरु गरिएको थियो । आईतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए । फागुन २८ गतेदेखि बुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट संकलित रकम गणना गरिएको थियो ।
अघिल्लो पटक मंसिर २८ देखि पुस १ गतेसम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो । अहिले विदेशी पर्यटकहरुको संख्या बढेकाले पनि दानवापतको रकम बृद्धि भएको कोषले जनाएको छ ।