२०८१ श्रावण १२

बुटवल क्याम्पसमा अनेरास्ववियु बिजय
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ६, सोमबार ०९:४९ गते

बुटवल, ६ चैत ।
बुटवल वहुमुखीमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै जितेको छ ।
। कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा अनेरास्ववियुका दुर्गा बहादुर एमसीले १२ सय १४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ मत ल्याए । त्यस्तै तेस्रो भएका नेवि संघका सागर पौडेलले ४७४ मत प्राप्त गरे ।

सचिवमा अनेरास्ववियुका निलकण्ठ पाण्डेयले १२ सय १५ मत प्राप्त गरी विजयी भए भने नेवि संघका माधव खत्री क्षेत्रीले ६०१ मत ल्याए । त्यस्तै कोषाध्यक्षमा अखिलका सशांक बस्यालले १२ सय १० मत प्राप्त गरी विजयी हुँदा नेवि संघकी सम्झना पंगेनीले ५१८ मत पाइन् । यस्तै सदस्य पदमा पनि अनेरास्ववीयुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत नै फराकिलो मतान्तरले विजयी भएका छन् ।

त्यस्तै समानुपातिकबाट अनेरास्ववियुले ५, अखिल क्रान्तिकारी र नेवि संघले २ र राष्ट्रिय स्वतन्त्र विद्यार्थी समूहले १ सिट प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समुहका बरन्यम राज गौतमको नेतृत्वमा एउटा प्यानल,अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका क्रान्तिकारी बिप्लवका पदम पराजुलीको प्यानल र अखिल क्रान्तिकारी बहुमतका पारस राहादीको प्यानल गरी ६ वटा संगठनबीच प्रतिस्पर्धा भएको थियो ।