२०८२ माघ २९

घरेलु महासघको प्रदेश अधिवेशन बुटवलमा ‘घरेलु र साना उद्योग सरकारको प्राथामिकतामा’
  • लुम्बिनी खोज
  • २०७८ मंसिर १, बुधबार ०७:२५ गते

बुटवल,२९ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकासका लागि उद्योग क्षेत्र नै पहिलो अधार भएको बताउँदै प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् ।
घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनीलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि परेको दावी गरे ।उनले घरेलु तथा साना उद्योगको क्षेत्रबाटै बहुसख्यक मानिसहरुलाई रोजगारमुखी बनाउन सकिने बताउँदै त्यसलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले नेपालको विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको बताउँदै त्यसमा नै सबैको ध्यान केन्द्रीत गर्न आवश्यक रहेकोमा जोड दिए । मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यावासीका लागि प्रदेश बैंक स्थापना गरिने बताउँदै त्यसबाट सस्तो व्याजमा ऋण प्रदान गर्ने बताए । घरेलु उद्योगबाट आम मानिसलाई समृद्धि गर्नका लागि सबैले ध्यान दिनुपर्ने उनको दावी छ ।
सो अवसरमा नेपाल घरेलु तथा साना उघोग महासघका केन्दिय अध्यक्ष श्याम गिरीले सरकारले निजी क्षेत्रलाई संगै लिएर हिड्न नसकेको भन्दै सबैतिरवाट साना उघोगीहरु उपेक्षामा परेको बताए ।
उनले रुग्ण उद्योगको विकासका लागि सरकारसँग भिजन नभएको भन्दै त्यसका लागि आफुहरु छलफल गर्न तयार भएको बताए । कार्यक्रममा प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव पशुपतीनाथ कोईरालाले साना तथा मझौला उद्योगहरुको विकासमा आफुहरु सधै साथमा रहेको बताए । कार्यक्रममा उद्योग परिसघका प्रदेश अध्यक्ष एजाज आलम, चेम्वर अफ कमर्सका टंक प्रसाद पोख्रेल, घरेलु तथा साना उद्योग महासघका नेत्र पाठक ,पत्रकार महासघ लुम्विनी प्रदेशका महासचिव बिक्रम खड्का, महिला उद्यमी प्रदेश अध्यक्ष शान्ता शर्मालगायतले वोलेका थिए ।
कार्यक्रममा महासघका १२ जिल्ला र स्थानिय तहबाट प्रतिनिधि प्रयवेक्षक गरि ५ सयजनाको सहभागिता रहेको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्ने छ ।