२०८१ श्रावण १२

नवीनमा वित्तीय साक्षरता सचेतना कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १२, आईतवार ११:४१ गते

बुटवल १२ चैत्र ।
ग्लोवल आइएमई बैंक देवीनगर शाखाले वित्तीय साक्षरता सचेतना कार्यक्रम आइतवार सम्पन्न गरेको छ ।
हरेक बर्ष मार्च २० देखि २६ सम्म विद्यालयमा अध्ययनरत वालवालिका तथा युवाहरुलाई वित्तीय साक्षरता अन्तरगत पैसाको महत्व अन्तरगत वित्तीय साक्षरता कार्यक्रम नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगरमा गरेको छ । बैंकले व्यवस्थापन समूह कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना कार्यक्रम संचालन गरेको हो ।
उक्त वित्तीय साक्षरता सचेतना कार्यक्रममा ग्लोवल आइएमई बैंक देवीनगर शाखाका शाखा प्रवन्धक पिताम्बर पोखरेलले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रअ अर्जुन खनाल, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, सामाजिक शिक्षक कृष्ण प्रसाद ज्ञवाली, अंग्रेजी शिक्षक दीपक ज्ञवाली, प्रकाश भट्टराई, होटल व्यवस्थापन विषय शिक्षक सुरज पौडेल, ग्लोवल आइएमई बैंककी लक्ष्मी काफ्ले लगायतको पनि उपस्थीति रहेको थियो ।