२०८१ आश्विन १

भैरहवामा सडक खाना महोत्सव हुने
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १३, सोमबार ११:०९ गते

बुटवल,१३ चैत ।

होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ ।

होटेल व्यवसायीहरूको आयोजना तथा भैरहवामा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा चैत ३० गते भैरहवामा खाना महोत्सव हुन लागेको संगठनका अध्यक्ष पीताम्बर न्यौपानेले जानकारी दिए । आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षित गर्न एकदिने सडक खाना महोत्सव आयोजना गर्न लागिएको  अध्यक्ष न्यौपानेले बताए ।

सय वटा स्टल रहने उक्त महोत्सवमा तारे होटेलजन्य आठवटा, रेस्टुरेन्टजन्य ४० वटासहित थारू, नेवारी, मगर परिकारका विभिन्न स्टलहरू रहने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिए । कार्यक्रममा स्थानीय कला संस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिनेछन् ।