२०८१ श्रावण १२

खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १४, मंगलवार १२:५४ गते

 

बुटवल, १४ चैत ।
बुटवलका खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।

बुटवलको वडा नं. ४ आदर्शनगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई सफा राख्ने दायित्व स्थानीयको समेत रहेकोले नगर सफा राख्नका लागि आह्वान गरे । उनले दैनिक फोहोर संकलनका लागि नगरबाट गाडी र सरसफाईकर्मीको व्यवस्था भएको र सोहीअनुसारले व्यवस्थापन गर्दै आएकोमा खोलामा फोहोर फालेर दुगन्र्ध फैलाउने र रोग फैलाउने काम नगर्न सुझाव दिए ।

उनले छिटै नै खोलाहरुमा फोहोर र अन्य सामग्री फाल्नेहरुलाई नियमन गर्दै फोहोर व्यवस्थापनको कामलाई व्यवस्थित गर्न जथाभावी फोहोर फाल्नेलाई कानूनी दायरामा ल्याउने बताए ।

उनले स्वास्थ्यका लागि पनि नगरलाई सफा राख्नुपर्ने स्थानीयको समेत दायित्व रहेकाले गम्भीर बन्न सुझाव दिए ।