२०८२ बैशाख ५
कपिलबस्तु १८ चैत ।
कपिलवस्तुको बाणगंगा ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा बृहत निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । आँखा शिविर बाट पाँच सय १५ जना लाभान्वीत भएका छन् । ५ सय १५ जनाको आँखा चेकजाँच गर्दा ५६ जनाको आँखामा मोतिया विन्दुको समस्या देखिएको वुटवल लायन्स आँखा अस्पतालका नेत्र विशेषज्ञ मनोहर न्यौपानेले बताए । शिविरमा निःशुल्क मधुमेह जाच समेत गरिएको थियो ।
पश्चिम नेपाल विकास ट्रष्टको आयोजना तथा वुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा निशुल्क औषधी तथा चश्मा समेत वितरण गरिएको थियो । ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङ, उपाध्यक्ष माधवप्रसाद आचार्य, सचिव पदमलाल घिमिरे, कोषाध्यक्ष लक्ष्मी अधिकारी, सहसचिव राधा वेल्वासे, सदस्यहरु देवीप्रसाद घिमिरे, अनामिका घिमिरे, मञ्जु आचार्य, तारा घिमिरेलगायतको उपस्थीति रहेको थियो ।
शिविरमा वुटवल लायन्स आँखा अस्पतालका नेत्र विशेषज्ञ मनोहर न्यौपानेको नेतत्वमा नेत्र सहायक अनुशा ज्ञवाली, प्यारा मेडिकल रमिला श्रेष्ठ, ल्याव सहायक शुसिल पौडेल, दृष्टि परिक्षक गंगावहादुर बुढा, सहयोगी आकाश पोखरेलसहितको टिम सहभागि थियो ।
शिविरमा आँखामा समस्या देखिएका बिरामीहरुलाई निशुल्क औषधी तथा चश्मा वितरण गरिएको ट्रष्टका सचिव पदम घिमिरेले बताए । ट्रष्टका अध्यक्ष मोमप्रसाद गुरुङको अध्यक्षता, उपाध्यक्ष माधवप्रसाद आचार्यको सञ्चालन, सचिव पदमलाल घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रममा धामका अध्यक्ष शंकर प्रसाद आचार्य, वुटवल लायन्स आँखा अस्पतालका नेत्र विशेषज्ञ मनोहर न्यौपानेले कार्यक्रमका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कपिलधामका सल्लाहकारहरु आत्मराम आचार्य, नारायण गिरी, स्थानिय ब्यक्तित्वहरु थानेश्वर वेल्वासे, शिवचन्द्र आचार्यलगायतको सक्रिय सहभागिता रहेको थियो ।