२०८१ श्रावण १२

आइपिओ निष्कासन गर्दै दोल्ती पावर
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २०, सोमबार ०९:२५ गते

बुटवल,२० चैत ।     दोल्ती पावर कम्पनीले चैत २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका आइपिओ निष्कासन गरेपछि अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

कम्पनीको आइपिओमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख १२ गतेसम्म लम्बिनेछ।