२०८१ आश्विन १

न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिमै आएको हो : प्रधानमन्त्री
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २३, बिहीबार १७:१३ गते

काठमाडौँ  २३ चैत।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सार्वजनिक गरेका न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिबाटै आएको बताएका छन्। साझा न्यूनतम कार्यक्रम ल्याउन निक्कै मेहनत भएकाले कार्यान्वयन गरेर जानुपर्ने उनले बताए ।

‘साझा न्यूनतम कार्यक्रम पहिलोको भन्दा विकसित र परिमार्जित भएर आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा साझा न्यूनतम कार्यक्रम बनाएर घोषणा गरेका थियौं । अघिल्लो गठबन्धनमा सात राजनीतिक दलको गठबन्धन थियो । त्यतिबेलाको नीतिगत प्राथमिकता त्यो समेतलाई अध्ययन गरेर यसअघिका राम्रो विषयहरूलाई अझ व्यवस्थित र परिमार्जित रूपमा साझा कार्यक्रम बनेको छ’ प्रचण्डले भने, ‘यो केही बुद्धिजीवीहरूले भेट्नु भए छ । पढ्नु भए छ । केही नेताहरू जो यहाँ उपस्थित हुनुन्न ।

उहाँहरुले स्वतः पढ्ने कुरा भयो । पढेपछि उहाँहरुले यो प्राथमिकता वा साझा न्यूनतम राम्रो वैज्ञानिक र राम्रो व्यवस्थित छ  भनेर मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।’ सरकारले ल्याएका साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई प्रचण्डले निर्देशन दिए । यदि यो साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा आर्थिक र राजनीतिक सबै संकट सम्बोधन हुने प्रचण्डले बताए ।