२०८१ आश्विन ४

प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन शुरु
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २४, शुक्रबार १५:०५ गते

बुटवल २४ चैत ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय ब्यवस्थाको सिमाभित्र गर्न सक्ने काम पनि नगर्दा नया पुस्तामा घृण पैदा भएको बताएका छन । उनले यही संसदीय ब्यवस्था भित्रपनि सुधारका धेरै काम हुन सक्नेमा त्यस तर्फ ध्यान नजादा नया पुस्तामा घृणा तथा वितृष्णा पैदा भएको विश्लेषण उनले गरेका छन ।
पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै केसीले सत्तामा पुग्नेहरुले आफ्ना नजिककालाई अवसर दिने त्याग गरेकालाई किनारा लगाउने स्वार्थपूर्ण राजनीतिक काम हुदा पनि राजनीतिप्रति नै घृणा भएको धारणा उनले राखे । उनले लोकतन्त्र र गणतन्त्रलाई खतरामा पर्न नदिन सचेत हुनुपर्नेमा जोड पनि दिए । शक्ति राष्ट्रको चलखेल बढ्दो रहेको धारणा राखेका केसीले ती चलखेलमा संलग्न दलको भण्डाफोर गर्नुपर्नेमा जोड पनि दिए ।
राजको अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका दलहरु सच्चिएर आउनुपर्ने पनि बताए ।
अध्यक्ष केसीले सरकारलाई समर्थन रहेपनि सरकारको न्युनतम साझा कार्यक्रमप्रति आफ्नो दलको समर्थन नरहेको बताए ।
न्युनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालिन न्याय प्रणाली र नागरिकताको विषयमा आफ्नो दलको विमति रहेको उनले बताए ।
न्यूनतम साझा कार्यक्रममा केही केही कुरा ठीक छन् भन्ने आफ्नो भनाइ रहेको उनले स्पष्ट पारे ।