२०८१ श्रावण १२

राष्ट्रपतिको निजी चिकित्सकमा डा. बम
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २४, शुक्रबार १५:१६ गते

काठमाण्डौं २४ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. नीरज बम नियुक्त भएका छन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानअन्तर्गतको महाराजगन्जस्थित चिकित्सा क्याम्पसमा सहप्राध्यापक रहेका डा. बम शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ हुन् ।

राष्ट्रपति पौडेलले आज डा. बमलाई निजी चिकित्सकमा नियुक्त गरेका हुन् । डा. बमले आजै निजी चिकित्सकको नियुक्तिको पत्र बुझेको बताएका छन् ।