२०८२ माघ २१

होटल व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी विजयी
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २६, आईतवार ०७:३८ गते

बुटवल, २६ चैत ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन । अध्यक्ष पदमा निर्वाचित भण्डारीले ५५०मत पाउदा गौतमले ४५२मत पाए । अध्यक्ष निर्वाचित भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी बावुराम गौतम भन्दा ९८ बढी मत ल्याएर बिजयी भएका छन।
संघको दुई बर्षे नेतृत्वको लागि लेखनाथ भण्डारी र बावुराम गौतमले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए।
संघको बरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल,पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली ९प्रकाश० द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई ,महासचिवमा अर्जुन थापा,सचिवमा थमन बहादुर भण्डारी ,सहसचिवमा मोहन बस्याल र सह कोषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन । कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यश अघि नै निर्विरोध निर्वाचित भईसकेका छन्। महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पोखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए।

त्यसैगरी सदस्यहरुमा भने एक जना सदस्य बाहेक १० सिट बावुराम गौतम प्यानलले जितेको छ। मतगणनाको अन्तिम परिणाम अनुसार सदस्य पदमा एक बहादुर गाहा मगर,केशवराज पाण्डे एकदेव पाण्डे,कमला पाण्डे, दामोदर पौडेल, धनकुमारी शर्मा,नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल,मुरारी पाण्डेय,यज्ञमुर्ति भण्डारी,सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ बिजयी भएका छन ।