२०८१ श्रावण १२

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २६, आईतवार ०८:५० गते

काठमाडौ,२६ चैत ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।

समानुपातिक सांसद श्रेष्ठले अडियोमा प्रसाईंसँग पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउन दुई करोड रुपैयाँ मागेको, तर साे रकम आफूसँग नभएको भनिरहेको सुन्न सकिन्छ । प्रसाईंले पैसा जुटाइदिए मन्त्री बनेपछि आफूले सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले गरिरहेका छन् । अडियोमा प्रसाईं उनको प्रस्ताव मान्न तयार भएको पनि सुन्न सकिन्छ । समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो ।