२०८१ श्रावण १२

साइनो बचत तथा ऋण सहकारी संस्थाद्धारा गाई बस्तुहरुलाई दाना बितरण
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २८, मंगलवार ०७:३९ गते

बुटवल ,२८ चैत्र ।
बुटवल उपमहानगरपालिका वार्ड ११ देबिनगर स्थित साइनो बचत तथा ऋण सहकारीको १२ औ स्थापना दिबसको अवसरमा मंगलवार बुटवल ७ शिवनगर सामुदायिक बनमा रहेको नन्दनी गौं संरक्षण केन्द्र मा दाना तथा नुन सहयोग तथा बितरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको शिबनगर गौ संरक्षण केन्द्र कार्यक्रम मा बोल्दै बुटवल उपमहानगरपालिका वाड नं ११ का जनप्रतिनिधि वाड अध्यक्ष राम चन्द्र खनाल ले अरु सहकारीहरु पनि थप सामाजिक उत्तरदायित्व बोध गर्ने खालको बन्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष रोम बहादुर कुंवर को अध्यक्षता भएको कार्यक्रम मा वाड नं ७ का जनप्रतिनिधि वीर बहादुर लामा ,तिनाउ बोडिङ स्कुलका संरक्षक यज्ञमुर्ति पाण्डे, गुप्त बहादुर खत्री ,शुर्य शर्मा सुबेदि, कृष्ण कार्की , टोपलाल शर्मालगायत बोलेका थिए। कार्यक्रम स्वागत उपाध्यक्ष इस्वरी प्रसाद खनाल र सञ्चालन सचिव यदुमणी पोखरेल ले गरेको गरेका थिए । यस सहकरिले बिगतका बर्षहरुमा पनि अपांग आश्रम, मानव आश्रम, बृद्दा आश्रम, दृस्टीबिहिन , मठ मन्दिर लगायत विभिन्न ठाउमा सहयोग गर्दै आएको र यसलाइ निरन्तरता दिई राख्ने सहकारिका सल्लाहकार अर्जुन कुंवरले बताए ।