२०८२ माघ २९
बुटवल ४ मंसिर ।
मिलिजुली युवा क्लव तिलोत्तमा ३, जानकीनगरले देउसी भैलो कार्यक्रमद्धारा संकलित रकमबाट मानव सेवा आश्रममा न्यायो कपडा हस्तान्तरण गरेको छ । क्लवले एक कार्यक्रमको आयोजना गरी कम्बल, सुइटरलगाएतका न्यानो कपडा हस्तान्तरण गरेको हो । बीस हजार बरावरको न्यानोकपटा तथा खाद्यान्य प्रदान गरिएको क्लवका अध्यक्ष बरदान आचार्यले बताए ।
क्लवले निरन्तर देउसी भौलो संचालन गर्दै आएको बताउँदै उनले भैलाबाट संकलित रकम फजुल खर्च गर्ने परम्परालाई तोड्दै समाजिक क्षेत्रमा लगाइएको बताए । तिलोत्तमा, बुटवललगाएतका क्षेत्रहरु देउसी भैलो संचालन गरेर रकम संकलन गरेको थियो ।
क्लवका अध्यक्ष बरदान आचार्यको अध्यक्षता देउसी भौलो संयोजक तथा क्लवका सचिव सुरज क्षेत्रीको संचालन, उपाध्यक्ष रुवि शर्माको स्वागतमा भएको कार्यक्रममा पूर्वअध्यक्ष नारायण परियार, भैलो व्यवस्थापन समिति सदस्य अभिषेक भण्डारी, सहसचिव पूर्णीमा क्षेष्ठ, तेजेन्द्र राना मगर, कमल थापा क्षेत्री, पुनम दर्नाललगाएतले बोल्दै क्लवले समाजिक सेवाभाव अनुरुप सहयोग प्रदान गरेको बताएका थिए ।
सोही अवसरमा भैलो व्यवस्थापक अभिषेक भन्डारीले बालबालीका र जेष्ठ नागरिकहरुका लागि तयारी खाजा हस्तान्तरण गरेका थिए ।