२०८१ श्रावण १२

सेयर बजारमा हरियाली, ९२ अंकले बढ्यो नेप्से
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २९, बुधबार १०:२७ गते

काठमाडौं २९ चैत ।
ब्याजदर घटाउन बैंकर्स संघको निर्णयसँगै सेयर बजारमा हरियाली छाएको छ । बुधबारसेयर बजार सूचक नेप्से ९२.२२ अंक ४दशमलव९३ प्रतिशतले बढेर १९६३.५५ विन्दुमा पुगेको छ।
मंगलबार नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्दै बाह्य क्षेत्र सुविधाजनक अवस्थामा रहेको बताएको थियो । राष्ट्र बैंकको उक्त भनाइले आगामी दिनमा कसिलो नीति विस्तारै खुकुलो बनाउने विश्वास र १ वैशाखदेखि लागु हुनेगरी निक्षेपको ब्याजदर घटाउने बैंकर्सको सहमतिले सेयर बजारमा हरियाली छाएको हो ।

बजारलाई लिड गर्ने बैंकिङ सहित सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । बुधबार बैंकिङ उपसूचक नै ५.४६ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ६.८४ प्रतिशतले वृद्धि भएको छ ।
बुधबार ४७ हजार २८५ वटा कारोबारमा ६१ लाख ७ हजार ४२५ कित्ता सूचीकृत धितोपत्र कारोकार हुँदा १ अर्ब ९७ करोड ६१ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको मात्रै ११ करोड ७१ लाख रुपैयाँको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड ३० लाख र हिमालयन डिस्टिलरीको ६ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा सबै कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शन र गणपति लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ म्युचुअल फण्ड १ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइमूल्य पनि बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।