२०८१ आश्विन ४

एम्स कलेजमा शुभकामना कार्यक्रम
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २९, बुधबार ११:०० गते

बुटवल २९ चैत ।
बुटवल, राजमार्ग चौराहा स्थीत एम्स कलेजले नवबर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नया वर्ष २०८० को आगमनमा विद्यार्थी, प्राध्यापक एवम कर्मचारिको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजका प्रमुख दीपक ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देक गोपाल प्रसाद न्यौपाने, प्राध्यापकहरु सुरज शाक्य, तुलसी प्रसाद महतो, भोजराज पङ्गेनि, यज्ञ प्रसाद न्यौपाने, सुरेन्द्र थापा लगायत कर्मचारी विद्यार्थीहरुले शुभकामना ब्यक्त गरेका थिए । उनीहरुले नयाँ वर्ष सङ्गै समग्र क्षेत्रको उन्नोयनकालागी अबलम्बन गर्नुपर्ने नवप्रवर्तन विचार्, सोच र अभ्यासका विषयमा धारणा राखेका थिए । दिपक ढकालको स्वागत मन्तब्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन प्राध्यापक विकाश श्रेष्ठको गरेका थिए ।