२०८२ असार ७

दुई करोड प्रकरणमा सांसद श्रेष्ठलाई रास्वपाले ग¥यो कारवाही
  • लुम्बिनी खोज
  • २०७९ चैत्र २९, बुधबार १५:३१ गते

बुटवल २९ चैत ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक प्रकरणमा समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जानेछ ।
मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको हो।

बैठकपछि सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्। यसअघि गत आइतबार श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई दिनका लागि पैसा चाहिने भन्दै प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको थियो। रास्वपाले विन्दबासिनी कंशाकारलाई समानुपतिक सांसद बनाउने निर्णय पनि गरेको छ।