२०८१ श्रावण १२

बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिबेशन
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ३०, बिहीबार १०:३१ गते

बुटवल ,३० चैत ।

बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिबेशन तथा पाँचौ साधारणसभा सम्पन्न  गरेको छ । अधिबेशनले केशवराज पौडेलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति २ बर्षका लागि सर्बसम्मत चयन गरेको छ । बरिस्ठ उपाध्यक्षमा शुरेसराज सुवेदी उपाध्यक्ष पुष्पा मरासिनी , महासचिव तोया अधिकारी , सचीव पदम प्रसाद ढकाल, कोषाध्यक्ष राम प्रसाद अधिकारी सह कोषाध्यक्ष बिन्दु अधिकारी सदस्यहरुमा उषा रिमाल, सीता थारु, दर्पण थारु , रंगिला बास्तोला, ज्योती थारु , सागर पौडेल ,कृष्णप्रसाद देबकोटा र इश्वोरी श्रेष्ठ रहेका छ्न । उक्त कार्यक्रम मा प्रमुख अतिथि सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका सचिब बिनोद बिन्दु शर्माले समाजले गरेको राम्रो कामको चर्चा गर्दै बर्दिया र पोखरा लाई जोड्न उल्लेख्य भुमिका निर्वाहा गरेको र भाबी दिनमा अझै समज शशक्त भएर जाने बिश्वास व्यक्त गरे ।

उक्त अबसरमा समाजले बर्दियामा लामो समय अध्यापन गराउनु भएका अग्निधर सुवेदी, जेष्ठ नागरिक गङाराम पौडेल र समाजका सस्थापक सदस्य शिशिर कडेललाई सम्म्मा गरेको थियो । कार्यक्रममा सस्थापक अध्यक्ष दिपक पौडेल , पुर्ण शर्मा , निल बहदुर अधिकारी , गोबिन्द अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अबसरमा समाजे नियमित प्रकशान गर्दै आएको भित्तेपात्रो २०८० को बिमोचन गरिएको थियो ।