२०८१ माघ १८
बुटवल ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना व्यक्त गरेका छन।
शुभकामना सन्देश जारी गर्दै उनले सबैमा सुख, शान्ति, संमृद्धि तथा सु–स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन ।
शुभकामना सन्देशमा– ‘संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण थलोको रुपमा रहेको लुम्विनी प्रदेश सभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछु, साथै प्रदेश सभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित गर्ने प्रयत्नका साथ अघि वढेको अवस्थामा यहांहरुको निरन्तर साथ सहयोग तथा रचनात्मक शुझाव सल्लाहको अपेक्षा समेत गर्दछु । ’
नयाँ सोच र संमृद्धिको नयाँ सपनाका साथ अघि बढ्न समेत उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन । ‘विचारमा स्वाभीमानी बनौं । व्यवहारमा इमान्दार बनौं । २०८० साललाई देश र जनताको सुख, शान्ती र संमृद्धिका र देशको अवस्था परिवर्तनामा उपयोग गरौं । गत वर्षको समिक्षा सहित नयाँ सोच नयाँ सपनाका साथ अघि बढौं भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’ – शुभकामना सन्देशमा उल्लेख छ ।