२०८१ श्रावण १२

राष्ट्रपतिद्धारा विभूषण प्रदान
  • लुम्बिनी खोज
  • २०८० बैशाख १, शुक्रबार ११:३९ गते

काठमाडौँ १ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो ।

गृहमन्त्रालयले संविधान दिवसको अवसर पारेर घोषणा गरेको विभूषण शुक्रबार नयाँ वर्षको अवसर पारेर प्रदान गरिएको हो । विभिन्न पेसागत क्षेत्रका ९९८ जनालाई विभूषण प्रदान गरिएको छ ।

विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।