२०८१ श्रावण १२

सेयर बजारमा दोहोरा अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० बैशाख ४, सोमबार १०:५८ गते

बुटवल,४ बैशाख ।

सेयर बजारमा दोहोरा अंकको गिरावट भएको छ । नयाँ आर्थिक वर्ष २०८० सुरु भएपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २३.६४ अंकले गिरावट हुँदा १९०८.०४ अंकमा बन्द भएको छ । बजारको सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।

गत बुधबार नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर घटाउन निर्णय गर्दा नेप्सेमा ९२ अंकको उच्च वृद्धि भएको थियो । त्यसपछि बिहीबार नै २९ अंकले करेक्सन भएको नेप्से नयाँ वर्षको पहिलो दिन ३ गते आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको थियो । सोमबार पनि नेप्से घट्दो क्रमममा नै देखिएको छ । नेप्सेमात्रै नभएर कारोबार रकम पनि घट्दो छ । गत बुधबार करिब २ अर्बको कारोबार भएको बजारमा बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको थियो ।

आइतबार करिब १ अर्ब रहेको कारोबार रकम सोमबार ९२ करोड १ लाखमा झरेको छ । २७ हजार ४३७ कारोबारमा ३१ लाख ४४ हजार ५७३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।