२०८१ श्रावण १२

१०४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु
  • लुम्बिनी खोज
  • २०८० बैशाख ४, सोमबार १७:१६ गते

बुटवल,४ बैशाख ।

पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये आरटीपीसीआरतर्फ ६३ र एन्टिजेनतर्फ ४१ जनामा पोजिटिभ पुष्टि भएको हो । गत २४ घण्टामा ५७१ पीसीआर र १०६१ एन्टिजेन गरी १६३२ नमुना परीक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३७९ रहेको छ ।

त्यस्तैगरी काठमाडौं उपत्यकामा कोरोनाका ४४ जना उपचाररत छन् । त्यसमध्ये ३४ जना संस्थागत आइसोलेसनमा, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २६ हजार ६ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।