२०८१ माघ २४
बुटवल १० बैशाख ।
बुटवलबाट बुर्तिवाङ तर्फ जाँदै गरेको बस तिनाउँ गाउँपालिका ५ जोरधारमा दुर्घटना हुदा एक जना महिलाको मृत्यु भएको छ । लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा एक महिलाको मृत्यु भएको बताए । पाल्पा स्थीत ट्राफिक प्रहरी सहायक निरिक्षक पर्शुराम गौतमका अनुसार बस दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी अस्पताल पठाइएको बताए । घाइते मध्ये केही ग।भीर घाइते रहेका छन । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक थापाले बसमा ४२ जना यात्रु रहेको विवरण प्राप्त भएको बताए । सडकबाट करिब डेढ सय मिटर तल बस खसेको प्रहरीले जनाएको छ । पाल्पा स्थीत लुम्बिनी मेडिकल कलेज मा घाइतेहरुको उपचार भइरहेको छ ।