२०८१ श्रावण १२

भुमि आयोगको टोली काठमाण्डौंमा, राजश्व सम्वन्धी समस्यामा गरायो सरकारको ध्यानाकर्षण
  • लुम्बिनी खोज
  • २०८० बैशाख ११, सोमबार ०८:२४ गते

बुटवल ११ बैशाख ।
रुपन्देहीको राष्ट्रिय भुमि आयोगको टोली केही दिन यता काडमाण्डौंमा ब्यस्त रहेको छ । जिल्लामा राजश्व सम्वन्धि समस्या आएपछि सरकारको ध्यानाकर्षण गराउन काठमाण्डौं पुगेको टोलीले मन्त्रीहरु तथा नेताहरुसग भेट गरी यहाको समस्या राखेको छ ।
। आयोग रुपन्देहीका अध्यक्ष हरिवहादुर आचार्य क्षेत्री, जिल्ला सदस्य भरत तिवारीसहितको टोलीले राजस्व तय गर्दा अपनाइने मापदण्ड फराकिलो बनाउन भन्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको छ ।
आयोगको टोलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत,सुचना तथा संचार मन्त्री रेखा शर्मा र भूमिमन्त्री रञ्जिता श्रेष्ठसग भेट गरी समस्या राखेको छ । त्यस्तै टोलीले काग्रेसका केन्द्रीय सभापति तथा पुर्व प्रधानमन्त्री शेरवहादुर देउवा, पूर्व अर्थमन्त्री एमाले नेता बिष्णु प्रसाद पौडेल, कांग्रेस नेता एंव पूर्व गृहमन्त्री बालकृष्ण खाँण, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सल्लाहकारहरु , माओवादीका नेता एंव पूर्व मन्त्री देवेन्द्र पौडेल, नेकपा समाजवादीका नेता एंव पूर्व मन्त्री मेटमणी चौधरी, पूर्व मन्त्री सोम प्रसाद पाण्डेय, काग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतसग भेट गरी भुमिहिन दलित, सुकुम्बासी र अब्यबस्थितहरुको जग्गा नापजाँच र लालपुर्जा बितरण गर्दा आइपरेका समस्य बारेमा ध्यानाकर्षण गराएको आयोगका रुपन्देही प्रवक्ता समेत रहेका तिवारीले बताए ।

टोलीले एमाले प्रमुख सचेतक पदमराज गिरी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीसग पनि भेट गरेर समस्या राखेको छ ।टोलीले केन्द्रीय भूमि आयोगसँग पनि भेट गरेको छ । राष्ट्रिय भूमिआयोग केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्का र बिज्ञ सदस्य टेक बहादुर शाहीसंग पनि भेट गरेको थियो ।

रुपन्देहीमा जस्तै अन्य जिल्लाको पनि समस्या रहेको र ती जिल्लाका भुमि आयोगका पदाधिकारीहरु समेत काठमाण्डौंमा पुगेको तिवारीले बताए । उनका अनुसार राष्ट्रिय भूमि आयोग रुपन्देही, डडेल्धुरा, अर्घाखाँची, नुवाकोट, सुनसरीमा अध्यक्ष हरि बहादुर आचार्य क्षेत्री, शेरबहादुर भण्डारी, यादब घिमिरे, अर्जुन न्यौपाने र रुपन्देही जिल्ला सदस्य यमलाल तिवारी (भरत) पश्चिम नवलपरासी जिल्ला सदस्य भबिश्वर तिवारी, सुनसरी बिज्ञ सदस्य सुदर्शन श्रेष्ठलगायतको टोलि पनि विभिन्न भेटमा सगै रहेको तिवारीले बताए ।