२०८१ श्रावण १२

दुर्घटनाबाट बच्यो फ्लाइ दुबई, गन्तव्यतर्फ लाग्यो विमान
  • लुम्बिनी खोज
  • २०८० बैशाख ११, सोमबार १६:५६ गते

काठमाडौ,११ बैशाख ।

लेफ्ट इञ्जिनमा आगलागी भएको फ्लाइ दुबईको जहाज सुरक्षित रूपमा गन्तव्यतर्फ गएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत् मन्त्री किरातीले भनेका छन्, ‘फ्लाइ दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ । कोही चिन्ता नगर्नु होला । सबैलाई शुभयात्रा ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडिरहेको फ्लाइ दुबईको जहाजमा आगलागी भएको थियो ।

जहाजको लेफ्ट इञ्जिनमा आगलागी भएको पाइलटले टावरलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

लेफ्ट इञ्जिनमा आगलागी भएपछि पाइलटले सो इञ्जिन अफ गरेर एउटा मात्र इञ्जिनले जहाज उडाइरहेका छन् ।