२०८१ श्रावण १२

नवीनमा कक्षा १२ प्रिवोर्डमा उत्कृष्ट विद्यार्थी पुरस्कृत
  • लुम्बिनी खोज
  • २०८० बैशाख १२, मंगलवार ०८:४९ गते

बुटवल,१२ बैशाख ।
नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। देवीनगरले कक्षा १२ प्रिवोर्डमा उत्कृष्ट विद्यार्थीलाई मंगलबार पुरस्कृत गरेको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले नेपालको अब्बल विद्यालयमा पढ्ने अवशर प्राप्त गरेकोमा विद्यार्थी भाइबहिनिहरुले गर्व गर्नु पर्ने भन्दै उत्कृष्ट शिक्षा हासिल गरेर देशमा नै योगदान पुर्याउने किसिमले सकृय रहन आग्रह गरिन ।


विद्यालयका संरक्षक वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयले चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन समुहका विद्यार्थीहरुले उत्कृष्टता प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अनुशासित एवं सक्रिय भएर लाग्न आग्रह गरे । प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यार्थीहरु अनुशासित र मिहिनेती बनेर पठन पाठनमा ध्यान दिनुपर्नेमा जोड दिए । शैक्षिक सफलताका लागि विद्यालयले गुणस्तरीय शिक्षामा विशेष ध्यान दिएको भन्दै विद्यार्थीहरुले शिक्षाको महत्व बुझेर उत्कृष्ट नतिजा ल्याउने गरी अध्ययन गर्नुपर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकालको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा ११ की छात्रा वसन्ती ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०७९ को प्रिवोर्डमा सिभिल इन्जिनियरिङ तर्फ प्रथम सुस्मिता पुन, व्यवस्थापन समूह तर्फ समिक्षा कुँवर, कानुन समूहकी समिक्षा खत्री, विज्ञान समूहका अजय कोइरी, शिक्षा समूहकी सुमी परियार, महेक चौधरी, ममता अधिकारी, आयुष पाण्डे, विशाल पोखरेल, राजन नेपाली, उपहार विश्वकर्मा, मुकुन्द बस्नेत, अनिषा ज्ञवाली, दिपक पौडेल, शिला शिंह थापा, प्रदीप सुनार, खुमा पुरी, सुजन थापा, प्रेम कुमारी सारु, अस्मिता भण्डारी, मोदनाथ पौडेल, शिशिर ज्ञवाली र राजन कोइराला लगायतलाई नगद तथा पुरस्कार वितरण गरिएको थियो । विद्यालयले नब्बे प्रतिशत माथि ल्याउने विद्यार्थीलाई दश हजार, पचासी देखि नब्बे प्रतिशत ल्याउनेलाई पाँच हजार, असी देखि पचासी प्रतिशत ल्याउनेलाई प्रोत्साहन स्वरुप दुई हजार पाँच सय वितरण गरिएको थियो ।
शैक्षिक सत्र २०७९ मा सिभिल इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा समूहमा अध्ययनरत उत्कृष्ट कार्य सम्पादन गर्ने कक्षा क्याप्टेनलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनाल, नवीन विद्यार्थी क्लवकी अध्यक्ष जुना परीयार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।