२०८१ श्रावण १२

तिलोत्तमामा सूरु भयो फ्रि वाईफाई सेवा
  • लुम्बिनी खोज
  • २०८० बैशाख १२, मंगलवार ०९:३८ गते

बुटवल, १२ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरपालिका भित्र पर्ने सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सडक खण्डमा फ्रि वाईफाई सूरु गरेको छ । फ्रि वाईफाइको सोमबार नगरप्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका थिए । बुटवल उपमहानगरपालिकाको सिमाना रहेको योगीकुटी देखी ओमसतिया गाउपालिकाको सिमाना रहेको कोटीहवासम्म को १३ किलोमिटर सडक खण्डमा यात्रा गर्ने सवारी साधनका यात्रु देखि पैदल यात्रुले समेत यो सेवा पाउने छन्।
प्रदेश सरकारको ईन्नोभेटीव फण्ड अन्तरगतको सहयोगमा  र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा उक्त सेवा सन्चालनमा आएको हो।
नगरपालिकाले सन्चालन गरेको यो डिभाईसका सेवाग्राहीले फेसबुक र युट्युव ट्विटर लगायतका समाजिक सन्जाल चलाउन पाउने भएपनि यसबाट टिकटक र पोर्न साईट भने चल्ने छैनन । सेवा सुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले तिलोत्तमा नगरपालिका प्रविधिमैत्री भएकाले यसले जनताले प्रविधिप्रतिको विश्वास बढाउनुका साथै जनतालाई प्रविधिमैत्री बनाउन फ्रि वाईफाई सेवा प्रभावकारी हुने बिश्वास ब्यक्त गरे।
यसले आन्तरिक एवं बाह्य पर्यटकलाई सहज हुने अपेक्षा नगरपालिकाले लिएको उल्लेख गर्दै यसबाट आम्दानीको स्रोत समेत बढाउने र विज्ञापनबाट नगरपालिकाले आम्दानी गर्ने अपेक्षा गरिएको उनले बताए।