२०८१ श्रावण १२

कांग्रेस नेता चन्द्र भण्डारी स्वदेश फर्किँदै ,बाँकी उपचार नेपालमा गर्ने
  • लुम्बिनी खोज
  • २०८० बैशाख १६, शनिबार १६:३३ गते

बुटवल ,१६ बैशाख ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार उनी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौँ नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमा नै गर्ने छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए । ग्यास लिक भएर भण्डारी घाइते भएका थिए ।