२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
  • लुम्बिनी खोज
  • २०८० बैशाख १९, मंगलवार १६:३० गते

  बुटवल,१९ बैशाख ।

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम वैशाख १९ गते मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलका सचिव प्रह्लाद पोखरेलले आज विज्ञप्ति प्रकाशित प्रकाशित गरी प्रदेश प्रमुखले हिउँदे अधिवेशन अन्त्य गरेको जानकारी गराए । यसअघि लुम्बिनी प्रदेश सभाको आज दिउँसो बसेको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएका थिए ।