२०८१ श्रावण १२

प्रदेश प्रमुख शेरचनद्धारा २५६७औं बुद्धजयन्तीको शुभकामना व्यक्त
  • लुम्बिनी खोज
  • २०८० बैशाख २२, शुक्रबार ०२:१३ गते

बुटवल,२२ बैशाख ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्धारा २५६७ औं बुद्ध जयन्तीको शुभकामना ब्यक्त गरेका छन ।
। एक शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख शेरचनले वौद्ध दर्शनका प्रर्बतक ,राष्द्र गौरब एबं विश्व शान्तिका अग्रदुत गौतमवुद्धको जन्म नेपालमा हुनु हामी सबैको लागि गौरवको बिषय बताउदै शान्तिका अग्रदुत गौतमबुद्धका प्रेरणादायि उपदेश , मार्गदर्शनलाई आत्मसात गर्न सकेमा आपसी सदभाब ,सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्द्रिय एकता बलियो हुने बिश्वास ब्यक्त गरेका छन ।

विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । शान्तिदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव¸सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्विशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास शेरचनले व्यक्त गरेका छन् । शेरचनले बुद्धजयन्तीका अवसरले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । वैशाख शुक्लपक्ष पूर्णिमा तिथिको दिन बौद्धदर्शनका प्रवत्र्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म¸ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

 

शुभकामना