२०८१ श्रावण १२

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले बैठकमै फुकाले लुगा
  • लुम्बिनी खोज
  • २०८० बैशाख २५, सोमबार ०८:१७ गते

काठमाडौ,२५ बैशाख ।
प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा।अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् । आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए । सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए । सभामुखको चेतावनीपछि सिंहले फुकालेको सर्ट र भेष्ट लगाएका थिए । सभामुख घिमिरेले पटक पटक उनलाई चेतावनी दिइरहे । उनले असभ्य व्यवहार हटाएर सभ्यताका साथ आफ्नो कुराहरु नियमअनुसार राख्न पनि निर्देशन दिए ।
सभामुख घिमिरेले नियम नमाने थप अन्य कारबाही हुने चेतावनी दिएपछि सांसद सिंह संयमित बन्न खोजेका थिए, तर त्यतिबेलासम्म हंगामा भइसकेको थियो ।
सभामुखको लगातारको चेतावनीपछि सांसद सिंहले आफूले फुकालेको लुगा लगाएपछि भने सदन सहज ढंगले अगाडि बढ्यो । त्यसपछि संसद बैठकको नियमित कार्य सुरु भएको छ ।