२०८१ श्रावण १२

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई बिचौलिया पक्राउ
  • लुम्बिनी खोज
  • २०८० बैशाख २६, मंगलवार १६:३९ गते

बुटवल २६ बैशाख ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगीमा संलग्न थप दुईजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ परेको हो। पक्राउ परेका दुवैजना पैसा उठाउने बिचौलिया रहेको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। यसअघि सो मुद्दामा आठजना पक्राउ परिसकेका छन्।