११ जेष्ठ २०८१, शुक्रबार

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित
  • लुम्बिनी खोज
  • २७ बैशाख २०८०, बुधबार ०८:४२

बुटवल,२७ बैशाख ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट रकम उठाएर भएको ठगी प्रकरणमा संलग्न भएका भनिएका टोपबहादुर रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको बताएका छन्। पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरिएको जानकारी गराइन्छ।’