२०८२ माघ १९

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३१, आईतवार ०७:३५ गते

बुटवल,३१ बैशाख ।

पूर्वगृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

नेकपा (एमाले) का उपाध्यक्ष ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेका थिए । सो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ ।