२०८१ श्रावण १२

महासंघका नवनिर्वाचित पदाधिकारीलाई बुटवलमा सम्मान
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३, बुधबार ११:२३ गते

बुटवल ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा लुम्बिनी प्रदेशबाट महासंघमा निर्वाचित महासंघका कार्यसमिति सदस्यहरुलाई सम्मान गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू सहित जम्शेर अली, मोहन श्रेष्ठ, केशवप्रसाद भण्डारी, भिष्मप्रसाद न्यौपाने, किशोर आचार्य, अव्दुल वाहिद अन्सारी निर्वाचित भएका छन् ।
बुटवलमा संघको २९ औं परिषद सभामा उनीहरुलाई बुटवल उपमहानगरपािलकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले कदरपत्र र मालाले सम्मान गरेका थिए ।
त्यसै अवसरमा लायन्स डिष्ट्रक गभर्नरमा निर्वाचित संघका सल्लाहकार पूर्वअध्यक्ष अर्जुनमान सैंजू, फष्ट भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित संघका सदस्य पुरुषोत्तमभक्त प्रधानाङ्ग र नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित संघका सञ्चार समन्वयकर्ता कविन्द्र नेपाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै संघ अन्तरगत गठित बस्तुगत समितिका सभापतिहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको खस्किदो अर्थतन्त्र सुधार गर्नको लागि सबैले आफ्नो आफ्नो ठाउँबाट लाग्नु पर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्योगी व्यवसायीहरुलाई आफ्ना समस्या संगसंगै समाधानका कुराहरु पनि राखिदिन आग्रह गरे । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बुटवलको निर्माणाधिन सडक, आर्थिक मन्दी लगायतका कारण व्यापार व्यवसायमा गिरावट आएको भन्दै सुधारका कामका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले निजी क्षेत्रको प्रवद्र्धन र विकास विना मुलुकको विकास हुन नसक्ने बताउँदै सरकारले निजी क्षेत्रको सहकार्य चाहेको बताइन ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फुड एण्ड वेभरेज बस्तुगत समितिका सभापति कृष्ण पाण्डेलगायतले भनाई राखेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।