२०८१ श्रावण १२

नवीनमा क्यालेन्डर विमोचन तथा नव आगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ५, शुक्रबार ०९:५८ गते

बुटवल ५ जेठ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा क्यालेन्डर विमोचन तथा नव आगन्तुक विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा वोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विद्यालयले विद्यार्थीको समग्र विकासका लागि गरेका पहलहरुको उच्च मुल्यांकन गर्दै विद्यार्थीहरु अनुशासन र प्रवृतिमा अब्बल सावित हुन विद्यार्थीहरुलाई आग्रह गरे ।
नयाँ पत्रिका दैनिकका लुम्विनी प्रदेश ब्युरो प्रमुख विष्णु घिमिरेले विद्यार्थीहरुले अनुशासनलाई आत्मसाथ गर्दै पठनपाठनमा जोड दिन आग्रह गरे ।
विद्यालयले शैक्षिक सत्र २०८० का लागि शैक्षिक, खेलकुद, अतिरिक्त क्रियाकलाप लगायतका गतिविधिहरु समेटेर तयार पारिएको क्यालेण्डर सो अवसरमा विमोचन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले शैक्षिक सत्र २०८० का मुख्य कार्यक्रमहरु र विद्यार्थी आचार सहिंताका विषयहरुमा धारणा राखेका थिए। नेपाल सरकारले समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने मूल नाराका साथ शैक्षिक सत्र २०८० मा अभियान संचालन गरे संगै विद्यालयले मन्टेश्वरी देखि कक्षा ९ सम्म ७३२ जना विद्यार्थी भर्ना गरेको उनले बताए । नयाँ विद्यार्थीहरुलाई विद्यालयका आचार संहिता अनुशासन लगायतमा सुसुचित गर्नको लागि अभिमुखीकरण कार्यक्रम समेत गरिएको प्रधानाध्यापक बस्नेतको भनाइ छ।

सोहि अवशरमा शैक्षिक सत्र २०७९ कक्षा २ देखि कक्षा १० सम्म कक्षा क्याप्टेनका भूमिका निर्वाह गरी उच्च कार्य सम्पादन गरेको कक्षा क्याप्टेनहरुलाई समेत सम्मान गरिएको थियो
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा ९ की विद्यार्थी समिक्षा कुँवरको संचालनमा सम्पन्न कार्यक्रममा कक्षा ९ की छात्रा प्रतिज्ञा चन्द लगायतले मन्तब्य व्यक्त गरेका थिए ।