२०८१ श्रावण १२

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीमा ल्याइछाड्छौँ : गृहमन्त्री श्रेष्ठ
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ६, शनिबार १७:०२ गते

बुटवल ,६ जेठ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीको दायरामा ल्याइछाड्ने बताएका छन्।

धुलिखेलमा भएको प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिको वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले निर्दाेष नफस्ने र दोषीलाई नछाड्ने बताएका हुन्। ‘हामी कसैसँग सम्झौता गर्दैनौँ। आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर अर्काको देशको शरणार्थी बनाएर पैसा संकलन गर्ने, सम्पत्ति आर्जन गर्ने गिरोहहरूलाई हामीले कारबाहीको दायरामा ल्याउने पहलकदमी गरेका छौँ र ल्याइछाड्छौँ। यो हाम्रो अठोट र संकल्प हो,’ उनले भने।

भ्रष्टाचारका विभिन्न केस रहेको बताउँदै मन्त्री श्रेष्ठले त्यसतर्फ पनि प्रक्रिया अगाडि बढाउने उल्लेख गरे। ‘नक्कली भुटानी शरणार्थी प्रकरण त अगाडि आएको प्रकरण हो। तर, अरू पनि भ्रष्टाचार गर्ने, ठगीका केस, कस्टडीका केस, कालो बजारीको केस, कमिसनखोरीले देश जरजर बनाएको सन्दर्भमा हामी आँखा चिम्लेर बस्न सक्दैनौँ,’ उनले भने।