२०८१ फाल्गुन ७
बुटवल ।
चलचित्र पत्रकार संघको २४ औ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलका दुइ जना पत्रकारलाई सम्मान गरेको छ ।
स्व. पत्रकार एनबी कंडेलको स्मृतिमा एनबी चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट टोपराज शर्मा र नवोदित चलचित्र पत्रकारिता पुरस्कारबाट विरेन्द्र कुवंरलाई नगदसहित सम्मान गरिएको हो ।
स्थापना दिवसको अवसरमा बुटवलमा कार्यक्रमको आयोजना गरी पत्रकार टोपराज शर्मालाई रु १० हजार र पत्रकार विरेन्द्र कुवंरलाई रु ५ हजार नगदसहित सम्मान गरिएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि गायिका देविका बन्दनाले उक्त कार्यक्रममा बोल्दै चलचित्र पत्रकार र कलाकारको त्यससंग सम्बन्ध नङ र मासुको जस्तै भएको बताइन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका रुपन्देही अध्यक्ष रामराज पोखरेल, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, जनपत्रकार संगठनका बिनोद खनाल, चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ, संघका सल्लहाकार मनिष पन्थ लगायतले आआफ्ना भनाइ राखेका थिए । मोहन न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।