२०८२ असार ६
बुटवल, जेठ ।
लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नयाँ मन्त्रीका रूपमा नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् ।
त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताका रूपमा वरिष्ठ अधिवक्ता प्रा.डा बुद्धबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएको छन् ।