४ जेष्ठ २०८१, शुक्रबार

लुम्बिनीको मुख्य न्यायाधिवक्तामा डा. थापा नियुक्त
  • लुम्बिनी खोज
  • ८ जेष्ठ २०८०, सोमबार १७:२८

बुटवल, ८ जेठ ।

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. बुद्धबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।क्षेत्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । यसअघि पूर्वमुख्यमन्त्री लीला गिरीले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता खुमकान्त पौडेलले राजीनामा दिएका थिए  ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रा.डा.थापालाई कानूनी सल्लाहकारमा नियुक्तिका लागि प्रस्ताव गरेका थिए । प्रा.डा.थापासँग कानून क्षेत्रको लामो अभिनुभव छ ।बुटवल  निवासी थापा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक हुन् ।