२०८१ श्रावण १२

लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशन शुक्रवारदेखि
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १०, बुधबार १४:०० गते

बुटवल १० जेठ ।
लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशन शुक्रवारदेखि सुरु हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गते शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका छन।
प्रदेश सभाले सूचना जारी गर्दै दोस्रो तथा बजेट अधिवेशनका लागि बैठक आह्वान गरिएको जनाएको हो ।