२०८२ माघ १९

रुकुम पश्चिम जिप दुर्घटनामा पाँच जनाको ज्यान गयाे, १० जना घाइते
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ११, बिहीबार ०९:४६ गते

बुटवल, ११जेठ ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ को टुरीधारा मोसेखोलामा जिप दुर्घटनामा हुँदा पाँचजनाको मृत्यु भएको छ। बिहीबार सानीभेरी गाउँपालिका– ५ हाँसुबाट मुसिकोट खलंगातर्फ आइरहेको लु.१ज १७४७ नम्बरको जिप टुरीधारा मोसेखोलामा दुर्घटना भएको हो।

रुकुम पश्चिम प्रहरीलेका अनुसार २२ दिनको बच्चा र आमासहित पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाँफीकोट गाउँपालिका– ५ की रेखा केसी, उनका २२ दिनको छोरा, सानीभेरी गाउँपालिका– ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शीतला केसी रहेका छन । शीतलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा र अन्यको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।

हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरूको उद्धार कार्यलाई जारी राखेका छन्।